नियम १२
पानी जहाजको दर्ता र त्यसको प्रमाणपत्र

(१) कुनै पानी जहाज दर्ता गर्नको लागि प्राप्त भएको दरखास्त र कागजपत्र जा“चबुझ गर्दा गर्न उपयुक्त देखिएमा रजिष्ट्रारले सो पानी
जहाजलाई नेपाली पानी जहाजको दर्ता किताबमा दर्ता गरिदिनेछ ।
(२) उपनियम (१) बमोजिम पानी जहाजलाई दर्ता गरेपछि पचास रुपैयाँ दस्तुर लिई
त्यस्तो पानी जहाजलाई अनुसूची–५ बमोजिम दर्ताको प्रमाणपत्र प्रदान गरिनेछ ।